•  १६ बैशाख २०८१, आईतवार
  •  2:22:11 AM

धरानका बालबालिकाले पाउने भए कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा

- चैत्र २८, २०७८ मा प्रकाशित


इटहरीः धरानमा कोरोना विरुद्धको मोड्नाको दोस्रो मात्रा खोप बालबालिकालाई धमाधाम लगाइँदैछ ।

१२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई आजदेखि विद्यालयमै पुगेर खोप लगाउन थालिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार चैत्र ६,७ र ८ गते लगाइने भनिएको मोड्नाको दोस्रो मात्राको खोप कार्यक्रम खोप अभावले स्थगित भएको थियो । सोही खोप कार्यक्रमको निरन्तरतास्वरुप आजदेखि खोप लगाउन सुरु गरिएको हो । खोप लगाउने क्रम बुधवारसम्म जारी रहनेछ । अभियानका क्रममा यसअघि पहिलो मात्रा लगाएका नौ हजार र नयाँ नौ हजार गरी १८ हजार बालबालिकाले खोप पाउने उपमहानगरपालिकाको प्रक्षेपण छ ।

Comments

सम्बन्धित खवर