खोटाङ बन्यो कोभिड–१९ संक्रमितमुक्त जिल्ला
- चैत्र २८, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङ कोभिड–१९ संक्रमित शुन्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय संक्रमितले कोभिड–१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो ।
आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी ३ हजार ५०२ जनालाई संक्रमण पुष्टि भएकामा ३ हजार ४५८ जनाले संक्रमण जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments