•  १५ बैशाख २०८१, शनिबार
  •  4:38:25 AM

सिटी र लिभरपुलले अंक बाँडे

- चैत्र २८, २०७८ मा प्रकाशित


काठमाडौं: दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले  लिभरपुलसंग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो । 

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।

पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए ।  १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए । 


बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा  छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल  दोस्रो स्थानमा  छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर