•  १६ बैशाख २०८१, आईतवार
  •  10:49:19 PM

आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार

- चैत्र २२, २०७८ मा प्रकाशित


काठमाडौं: सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो ।

 मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।

हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेकाे थियाे । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए । दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले ।

प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ । बिना कुनै अंकको हैदराबाद पुछारमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर