•  १६ बैशाख २०८१, आईतवार
  •  6:37:25 AM

मछिन्द्र र ब्लु स्टार भिड्दै

- चैत्र २२, २०७८ मा प्रकाशित


काठमाडौं: एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि  प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन  ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक  नेपालको प्रतिनिधित्व गर्ने भएको हो । 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न  ५ बजे सुरु हुनेछ । खेल अघि कन्सर्ट हुने आयोजकले जनाएको छ ।

यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ ।

खेलको टिकट दर भिआईपी तर्फ १ हजार र सामान्य तर्फ  ५ सय राखिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर