•  १६ बैशाख २०८१, आईतवार
  •  1:42:31 PM

मिलानले अग्रता बढाउने अवसर गुमायाे

- चैत्र २२, २०७८ मा प्रकाशित


काठमाडौं: बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । 

अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रनालाई निरन्तरता दिन सकेन । 

लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको इन्टर मिलान शीर्ष स्थानको एसी मिलानभन्दा मात्र एक अंकले पछि छन् ।

मिलानसँगको अंक दुरी कम गर्ने क्रममा आइतबार नेपोलीले एट्लान्टालाई ३-१ ले पराजित गरेको थियो भने इन्टरले युभेन्टसलाई १-० ले हराएको थियो ।

१६औं मिनेटमा राफेल लियोले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा मिलान निराश बनेको थियो । 

मिलानको ३१ खेलबाट ६७ अंक रहेको छ भने दोस्रो र तेस्रो स्थानको नेपोलीको समान ६७ अंक छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर