•  १५ बैशाख २०८१, शनिबार
  •  4:33:29 AM

नकआउट फुटबलको उपाधि आरआर एफसीलाई

- चैत्र २०, २०७८ मा प्रकाशित


हेटौंडा: हेटौंडामा आयाेजित खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ ।

 नेपाल राष्ट्रिय खेलकुद महासंघ, मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा हर्नामाडी कमलदेवी युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै आरआर एफसीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । आरआरएफसीले उपाधिसँगै नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

 उपविजेता हर्नामाडीले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलमा म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आरआरएफसीका गोपि बर्तौला घोषित भए । हेटौंडा-४ हुप्राचौरको खेल मैदानमा भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर