•  १५ बैशाख २०८१, शनिबार
  •  12:51:48 AM

बेन्जेमा चम्किदा रियल मड्रिडको जित

- चैत्र २०, २०७८ मा प्रकाशित


काठमाडौं: अनुभवी फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । शनिबार भिगोको घरेलु मैदानमा दुबै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए ।

१९औं मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए  ।  ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके । तर पुनः  ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।

जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११औं स्थानमा छ ।

गय राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४-१ अन्तरले पराजित गर्यो । लुइस स्वारेज र जुवाओ फेलिक्सले समान दुई गोल गरे । जितपछी समान ५७ अंक भएपनी एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।

Comments

सम्बन्धित खवर