•  १६ बैशाख २०८१, आईतवार
  •  4:45:15 AM

पाथीभरा दर्शन गर्न गएका इटहरीका ढुंगानाको मृत्यु

- चैत्र १४, २०७८ मा प्रकाशित


इटहरीः ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्ने क्रममा इटहरीका एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ९ का ६० वर्षीय खिनबहादुर ढुंगाना रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।

उनका अनुसार मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो ।

प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।

अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरिदिएपछि उनको शव शव गृहमा राखिएको उनको भनाइ छ । परिवारसहित पाथीभरा दर्शनमा गएका ढुंगानाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर