•  १६ बैशाख २०८१, आईतवार
  •  12:59:15 AM

मर्यादित रुपमा हाेली मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

- चैत्र ३, २०७८ मा प्रकाशित


काठमाडाैं: प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात हाेली पर्वकाे विविधता बीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् ।

हाेलीकाे शुभकामना दिँदै देउवाले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले कोभिड-१९ को संक्रमण राेकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर