सकियो लोकबाजा प्रशिक्षण
- चैत्र १, २०७८ मा प्रकाशित
काठमाडौं: प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । कार्यक्रम फागुन २० बाट सुरु भएको थियो ।
विभिन्न १० जिल्लाबाट आएका ३० जना प्रशिक्षार्थीलाई प्रशिक्षक भरत बुढाथोकी, दीपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा प्रशिक्षण कार्यक्रम संयोजक प्राज्ञ अशोक राई सभापति तथा सदस्य सचिव प्राज्ञ श्याम तमोटको प्रमुख अतिथि थिए ।
प्राज्ञ श्याम तमोटले शिक्षा मन्त्रालयसँग समन्वय गरी प्रतिष्ठानले तयार पारेको मौलिक लोकबाजा पाठ्यपुस्तकअनुसार स्कुलस्तरमा प्रशिक्षण गराउन पहल गर्ने बताए । प्राज्ञ अशोक राईले प्रशस्त व्यावसायिक मौलिक लोकबाजा वादवादक उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण अभियान थालिएको बताए ।
प्रशिक्षण कार्यक्रम धरानस्थित मुनाल सांस्कृतिक केन्द्र र रोयल डान्स एकेडेमीमा सञ्चालन भएको थियो । अब २२ चैतबाट विशेषतः थारु समुदायलाई लक्षित गरि दाङमा लुम्बिनी प्रदेशस्तरीय थारु मादल प्रशिक्षण गराईने प्राज्ञ राईले जानकारी दिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments