•  १७ बैशाख २०८१, सोमबार
  •  1:51:09 AM

विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार : सामाजिक सञ्जालमा भिडीयाे भाइरल

- फाल्गुन ३०, २०८० मा प्रकाशित


सुन्दरहरैचा । मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन् । अग्रिम भाडा बापतको पैसा माग्दै होस्टल सञ्चालक मधु रेग्मीले छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा मार्फद सार्वजनिक भएको छ। 

बिराटनगरस्थित नर्सिङ क्याम्पसको बीएनयस बीएससी नर्सिङमा प्रथम बर्षमा अध्ययन गर्न आएकी छात्रालाई अमानवीय व्यबहार गरेकी छन्। सार्वजनिक भएको भिडियोमा संचालक रेग्मीले ७ हजार ८ सय रुपैया दिएर अहिले नै कोठा छाडेर जानु भनेको सुनिन्छ। 

बिधार्थीहरुले अब हामी एक महिना बस्ने हो भनेका छन् भने रेग्मी पैसा नदिए समानसँगै कोठामा चाबी लगाइदिने भन्दै उनीहरुलाई अमानवीय व्यबहार गरेको देखिन्छ। उनले पैसा नदिए अहिले नै निस्किएर जाउ भनेर उनीहरुको ओढ्ने ओछ्याउने फाल्दै लाचार्पछार गरेको भिडियोमा देखिन्छ।

होस्टलकी सञ्चालिकाले चैत्रको पनि ३–३ हजारका दरले अग्रिम पैसा दिनुपर्ने बताउँदै राति होस्टेल छोड्न धम्की दिएको पिडितहरुले आरोप लगाएका छन्। घटना बारे जानकारी पाएपछि विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल त्यस होस्टलमा पुगेका थिए। वडाध्यक्ष पोखरेलले घटनाको बारे  होस्टलकी संचालिका रेग्मीसँग बुझदा काठमाडौँ जानुपर्ने भएकाले अग्रिम भाडा बापतको पैसा मागेको बताए। 

‘यो हिजो भएको घटना रहेछ मलाई पनि त्यति थाहा थिएँ मलाई आज बिहान मात्र साथीहरुले खबर गरेपछि बल्ल थाहा पाए,वडाध्यक्ष पोखरेलले भने,’ त्यसपछि मेरो वडामा भएकाले म बिहान ७ बजे होस्टल संचालकसँग भेट्न गए मेरो संचालकसँग कुराकानी भयो घटना के कसरी घट्यो भनेर बुझे आफ्नो पुरानो संचालक गरिरहेको रहेछ अरु नर्सिङ कलेजका बिद्यार्थीहरु पनि बसिरहेका रहेछन। ‘ 

बिराट नर्सिङ कलेज बिद्यार्थीहरु चाही भर्खर आउनु भएको रहेछ कोहि बिद्यार्थीहरु २८ र कोहिको २९ गते महिना पुग्ने र कोहीको चैत ८ गते मात्र महिना पुग्ने र काठमाडौँ जानुपर्ने भएकाले भाडा मागेको भन्ने संचालकको कुरा रहेको उनले बताए। यद्यपि आफूले पिडित बिद्यार्थीहरुसँग भेट नभएको र यो संचालकको मात्र कुरा रहेको बताए। 

नया होस्टेल व्यपस्थापन गर्न र संचालक पनि काठमाडौँ जानुपर्ने भएकाले समय नपुगी पैसा मागेको र तपाईहरु त्यो भन्दा अघिनै होस्टल छोड्नु भएको भने पैसा फ्रिता गर्छु यदि लामो समयसम्म बस्नु पर्यो भने पैसा थप्नु पर्छ भनेर उनीहरुलाई संचालकले भनेको वडाध्यक्ष पोखरेलले बताए। त्यहि बिषयमा कुरा नमिल्दा उनीहरु माथि अमानवीय व्यबहार भएको उनले बताए। घटना बारे होस्टल संचालकसँग बुझ्न सम्पर्क गर्दा फोन स्विफ अफ छ।

Comments

सम्बन्धित खवर