•  १७ बैशाख २०८१, सोमबार
  •  12:47:04 AM

एक महिनादेखि बेपत्ता युवतीको शव हात–खुट्टा बाँधिएको अवस्थामा फेला, हत्याको आशंका

- फाल्गुन ३०, २०८० मा प्रकाशित


काठमाडौं । एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक जना युवतीको शव हात–खुट्टा बाँधिएको अवस्थामा फेला परेको छ । कक्षा १२ मा अध्ययनरत सुस्मा लामा २२ माघदेखि वेपत्ता भएकी थिइन् । उनको शव एक महिनापछि तारेभिरको जङ्गलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

लामाको हात–खुट्टा बाँधेको अवस्थामा शव भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनामा अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान थालेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनको हत्या भएको अनुमान गरिएको छ । उनका अनुसार, घटना शंकास्पद देखिएपछि कार्यालयले सोधपुछ र प्राविधिक जाँच थालेको छ । यसअघि लामाको परिवारले उनको खोजतलासका लागि भन्दै प्रहरी वृत्त, बौद्धमा निवेदन दिएको थियो ।

Comments

सम्बन्धित खवर