•  १७ बैशाख २०८१, सोमबार
  •  12:27:16 AM

एक दिवसीय सिरिज : आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै

- माघ २९, २०८० मा प्रकाशित


काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल क्यानडासँगको सिरिज क्लीन स्वीप गर्ने लक्ष्यका साथ सोमबार मैदान उत्रिनेछ। क्यानडा पनि सान्त्वना जितको खोजीमा हुनेछ। सिरिज हारिसकेको अवस्थामा आज विना दबाब झन् राम्रो गर्न सक्छ ।

ओपनर आरोन जोनसनले पछिल्लो खेलमा ६५ रनको इनिङ खेलेका थिए । आक्रामक ब्याटर उनी नेपाललाई घातक बन्न सक्छन् । परगत सिंह, निकोलस किर्तोन र नवनित धलिवाल राम्रो ब्याटर हुन् ।क्यानडाको तीव्र गतिको बलिङ आक्रामण त्यति बलियो छैन । तर स्पिनर साद बिन जफरले भने नेपाली ब्याटरलाई खुलेर खेल्न दिएका छैनन्

। नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो । नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि आफ्ना अनुभवी केही खेलाडीबिनै नेपाल आएको छ। क्यानडा पनि आईसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाल भ्रमणमा आएको हो।

Comments

सम्बन्धित खवर