•  १७ बैशाख २०८१, सोमबार
  •  1:40:55 AM

बस र टिपर जुध्दा १७ जना घाइते

- माघ १९, २०८० मा प्रकाशित


काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा गए राति बस र टिपर जुध्दा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका– ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठोकिएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी देवचुली नगरपालिका– १२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर रहेको पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रमेश बोहराले जानकारी दिएका छन् । उनलाई राति नै बुटवलमा सामान्य उपचार गरी थप उपचारको रुपन्देहीतर्फ रेफर गरिएको छ ।

दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको डीएसपी खरेलले जानकारी दिए । बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन् । बाँकी यात्रु सकुशल छन् । दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल– १० का २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

Comments

सम्बन्धित खवर