•  १७ बैशाख २०८१, सोमबार
  •  10:40:07 AM

उपमहानगरकाे निर्देशन नमान्ने इटहरीकाे १५ वटा निजी बिद्यालय कार्वाहिमा , सम्बन्ध खारेज सम्मकाे चेतावनी

- असार २९, २०८० मा प्रकाशित


इटहरी । इटहरी उपमहानगरपालिकाकाे निर्देशन अवज्ञा गर्ने १५ वटा निजि बिद्यालयहरू कार्वाहिमा परेका छन । पटक पटक समय थपेर छात्रावृति विवरण माग गर्दा पनि अटेर गर्ने इटहरीका १५ निजि बिद्यालयहरूलाइ उपमहानगरले कार्वाहि गरेकाे हाे । यसरी कार्वाहिमा पर्ने विद्यालयहरूमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन ।

ताेकिएकाे समयमा पनि छात्रावृती विवरण नबुझाउने १५ वटा निजी बिद्यालयलाइ रू ५० हजार देखि एक लाख सम्म जरिवाना तिराउने निर्णय गरेकाे हाे । विवरण नबुझाउने बिद्यालयहरूमा मावि तर्फ इटहरी उपमहानगर १७ स्थित गोल्डेन फ्यूचर इङ्लिस स्कुल , वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल,इटहरी २ को लिटिल केयर बोडिङ् स्कुल,इटहरी ६ काे ह्वाइट सोल एकेडेमी र इटहरी चिल्ड्रेन स्कुललाइ रू एक लाखकाे दरले जरिवाना तिराउने निर्णय गरिएकाे इटहरी उपमहानगर शिक्षा शाखाले जनाएकाे छ ।

त्यस्तै छात्रावृती विवरण नबुझाउने आधारभूत तहका विद्यालयहरूमा वडा नं. ४ स्थित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, वडा नं. ९ स्थित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४स्थित सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं. ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर रहेकाे शिक्षा शाखाले जनाएकाे छ ।

त्यस्तै आधारभूत तहकै वडा नं. २० तरहरास्थित इन्द्रेणी स्कुल, वडा नं. १०काे इटहरी नमुना स्कुल, वडा नं. १ काे सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुल रहेका छन । यिनिहरूलाइ प्रति विद्यालय रू ५० हजारका दरले जरिवाना तिराउने निर्णय गरिएकाे उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएकाे छ । कार्वाहिमा परेकाे बिद्यालयहरूलाइ एक साता भित्र ताेकिएकाे जरिवाना तिरिसक्न उमहानगरले अनुराेध गरेकाे छ । साे अनराेधलाइ पनि अवज्ञा गरे बिद्यालयहरूकाे सम्बन्धन खारेज गर्ने सम्मकाे चेतावनी दिएकाे छ ।

Comments

सम्बन्धित खवर