•  १६ बैशाख २०८१, आईतवार
  •  1:34:43 AM

कस्तुरी कलेजको विशेषता : गुणस्तरीय पढाइसँगै पर्याप्त छात्रवृत्ति

- असार २८, २०८० मा प्रकाशित


इटहरी । अढाइ दशकअघि सुनसरीको इटहरीमा कस्तुरी कलेज सञ्चालन सुरु हुँदा २६ जना विद्यार्थी थिए । स्थापनाको २५ वर्ष पूरा गर्दा हाल कलेजमा विद्यार्थीको संख्या एक हजार चार सयभन्दा बढी पुगेको छ । निरन्तर विद्यार्थीको आकर्षण बढ्दै जानुको कारण हो– गुणस्तरीय पढाइ । खासगरी व्यवस्थापन विषयको अध्यापनमा यो कलेज उत्कृष्ट मानिन्छ ।

कलेजमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी एक हजार चार सयभन्दा बढी विद्यार्थी छन् । बीबीए, विज्ञानजस्ता विषय पनि अध्यापन हुँदै आएको कलेजमा निरन्तर विद्यार्थीको चाप बढिरहेको प्रधानाध्यापक भूपेन्द्र न्यौपानेको भनाइ छ । ‘हामीले कक्षा ११ देखि स्नातकोत्तरसम्म एक हजार चार सयभन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ,’ उनले भने, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।’ गुणस्तरीय पढाइका कारण विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यसो हुनुमा विद्यार्थीसँगै अभिभावक, शिक्षक र संस्थापकहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको न्यौपानले बताए । प्लस टुमा कम्प्युटर साइन्स, व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुने गरेको छ ।

‘सुविधासम्पन्न भवन, पुस्तकालय, साइन्स ल्याब, कम्प्युटर ल्याब समेत भएकाले विद्यार्थीलाई अध्ययनमा सहज हुने गरेको छ,’ न्यौपानेले भने, ‘पहाडी जिल्लाका साथै कोशी प्रदेशका सबैजसो ठाउँबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।’ यहाँ पढेका विद्यार्थीहरू निजामती सेवाका उच्च ओहोदामा पुगेका धेरै उदाहरण छन् । यसैगरी बैंकमा जागिरेदेखि प्राध्यापकसमेत भएको न्यौपाने बताउँछन् । उनका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक प्राप्त गरिसकेको न्यौपानेले बताए । नियमित पढाइका अतिरिक्त विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । यसले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने अनुभव कलेजको छ ।

विभिन्न समयमा हुने खेलकुद प्रतियोगितामा सहभागी भएर कलेजका विद्यार्थीले सफलता हासिल गरेका छन् । यस्तै, सांस्कृतिक र अन्य कार्यक्रममा पनि कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् । आगामी दिनका समाज र विद्यार्थीहरूको मागअनुसार विषयहरू थप गर्दै जाने लक्ष्य रहेको कलेजले जनाएको छ । कलेजले २५ बर्ष पार गरेको सुखद अवसरमा सयभन्दा बढी बिद्यार्थीहरुलाई पूर्ण रुपमा छात्रबृत्ति दिने अभियान समेत सुरु गरिएको छ । कमजोर आर्थिक अवस्था भएका समुदायका विद्यार्थीले त्यही कारणले अध्ययनबाट वञ्चित हुनु नपरोस् भनेर कलेजले सकेसम्म धेरै विद्यार्थीलाई छात्रवृत्तिको अवसर दिने गरेको हो ।

Comments

सम्बन्धित खवर