•  १७ बैशाख २०८१, सोमबार
  •  6:44:01 AM

जनता स्कुलमा कानुन विषयका कक्षाहरु सञ्चालन हुने

- असार १७, २०८० मा प्रकाशित


इटहरी / इटहरीस्थित जनता माविमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु पढाइने भएको छ। विद्यार्थीप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा सो विषयका कक्षाहरु थप गरिएको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए। 

प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको उनले बताएका छन्। शिक्षा, मानवीकी, व्यवस्थापन र विज्ञान विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप हुने उनले बताए।

स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ । जसको कारण यो वर्ष एक हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए। 

‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं,’ उनले भने, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’

विद्यालयमा अहिले सबै कक्षा गरेर जम्मा तीन हजार एक सय विद्यार्थी छन् । व्यवस्थापन सुधार, भौतिक पुर्वाधार निर्माण भएसँगै विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ।

विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तीम चरणमा पुगेको छ। गरीब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। 

अध्यापन र व्यवस्थापन राम्रो भएकैले विद्यार्थीले उत्कृस्ठ नतिजा प्राप्त गर्ने गरेका छन् । गत वर्षको एसईई परीक्षामा ३९ जनाले ए प्लस र ८२ जनाले ए सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। 

विद्यालयले प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ठ विद्यालयको रुपमा पुरस्कार समेत पाइसकेको छ भने यस विद्यालयको पूर्वाधार विकासमा प्रदेश र संघीय सरकारले लगानी गरिरहेको छ ।

Comments

सम्बन्धित खवर