•  १७ बैशाख २०८१, सोमबार
  •  10:45:52 AM

बोलेरो जीप सडकबाट भिरमा खस्दा दम्पतीको मृत्यु

- जेष्ठ २५, २०८० मा प्रकाशित


कालिकोट । कालिकोटमा बोलेरो जीप सडकबाट भिरमा खस्दा दम्पतीको मृत्यु भएको छ । कालिकोटको रास्कोट नगरपालिका–२ सेरा बजारमा स्टाट गरी ‘न्युटल’ अवस्थामा छोडेको बोलेरो जीप सडकबाट भिरतिर खस्दा गाडीमा सवार दम्पतीको ज्यान गएको बताइएको छ ।

दुर्घटनामा गाडीमा सवार रास्कोट–१ लहरेला निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मनबहादुर शाही नेपाली कांग्रेसका वडा सभापति हुन् । दुर्घटनामा रिता सिंह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

Comments

सम्बन्धित खवर