•  १७ बैशाख २०८१, सोमबार
  •  7:12:55 AM

प्रतिनिधिसभा सदस्य निर्वाचन : सुनसरी १  मा  हर्क साम्पाङ समर्थककाे छुट्टै उम्मेदवार

- कार्तिक १४, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका मेयर हर्क  साम्पाङसँग  निकट रहेका व्यक्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार भएर मेयरमा निर्वाचित भएका साम्पाङ निकट रहेका तीन जनाले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका हुन् । 

धरानमा एमाले र नेपाली कांग्रेसको आफ्नो उम्मेदवार छैनन् । गठबन्धन गर्दा एमालेले जसपा नेता अशोक राईलाई समर्थन गरेको छ । कांग्रेसले माओवादी नेता मुक्साहाङ मेन्याङ्बोलाई  सहयोग गरेको छ । यो क्षेत्रबाट दर्ता भएको २० जनाको उम्मेदवारीमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । 

स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका हर्क साम्पाङ समर्थकले प्रतिनिधिसभा तर्फ पानीको जार चिह्नसहित तर्कबहादुर मगर उम्मेदवार बनेका छन् । प्रदेशसभा तर्फ (क) मा समीर तामाङ र (ख) मा हेम राई उम्मेदवार रबनेका छन् ।  दुवैको चुनाव चिह्न लालटिन हो । धरान उपमहानगरपालिकाका पूर्व  मेयर मनोज मेन्याङ्बो पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।उनले एमाले छाडेका छन् । 

तीन जनासँग सामुहिक तस्वीर खिचेका साम्पाङले फेसबुक पेजमा ‘अरुले गर्दैनन्, स्वतन्त्रले नै गर्छ । उदाहरण दिइरहनुपर्छ ’ लेखेर आफ्नो समर्थनको संकेत दिएका थिए   ।  पछाडि उनले आफ्नो उम्मेदवार नभएको बताए । निर्वाचन आयोगको प्रतिबन्धात्मक व्यवस्थाका कारण उनले खुलेर मत माग्न भने पाउने छैनन् ।

मनोज र तर्कबहादुर बाहेक सञ्जयकुमार राई, विजयकुमार राई, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, वासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सुकुम्बासीको पक्षमा लगातार वकालत गर्दै आएका कुमारको प्रभाव धरान क्षेत्रमा राम्रो छ ।  धरानमा झण्डै १७ हजार हाराहारी सुकुम्बासी परिवार छन् । उनको उम्मेदवारीलाई ठूला दलहरुले पनि चासोका साथ हेरेका छन् । कार्कीले सुकुम्बासीलाई स्थायी लालपुर्जाका लागि लड्ने प्रतिबद्धता गर्दै मत मागिरहेका छन् । धरानमा पनि रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन)ले उम्मेदवारी दिएका छन् ।

धरानको समस्या वर्षाैदेखि एउटै छ । खानेपानीको अभाव, सुकुम्बासी समस्या मुख्य समस्या हुन् । ती समस्या अझै सामधान भएका छैनन् ।   सबै उम्मेदवारले चुनाव जिते पानी र सुकुम्बासीको समस्या  सामधान गर्ने  प्रतिवद्धता जनाएका छन् ।

२०७४ को चुनावपछि यो क्षेत्रमा गाभिएको बराह क्षेत्रले आफ्नै विगतको प्रभाव गुमाएको छ । चतरा नामले चिनिने यो क्षेत्र ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय, आर्थिक र भौतिक पूर्वाधारमा सम्पन्न थियो । निर्वाचनमा धरानसँगै सहज पहुँज यो क्षेत्रको मुख्य माग रहेको स्थानीय  सीता पौडेल बताउँछिन् ।

Comments

सम्बन्धित खवर