•  १६ बैशाख २०८१, आईतवार
  •  5:31:20 AM

इटहरीमा छठ पर्वकाे राैनक : डेढलाख भक्तजन भित्रीने अनुमान

- कार्तिक १३, २०७९ मा प्रकाशित


इटहरी । श्रद्धा र निष्ठाका साथ विगत ३३ वर्ष देखि इटहरीमा पनि मनाइदै आएको  छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको  छ ।   कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको तयारी  अन्तिम चरणमा पुगेको जनाइएको हो ।

समानता र एकताको पर्वको रुपमा रहेको  छठपर्व मनाउनेहरुको संख्या दिनप्रतिदिन वढी रहेको र पहाडी समुदायका मानिसहरु पनि पछिल्लो समयमा छठ पर्व उत्साहपुर्वक मनाउन थालेको छठ सेवा समिति इटहरीका उपाध्यक्ष बासुदेव कर्ण वताउछन । उनले यस वर्षका ४सय ५० पुजा घाट वनाइएको र एक सय पुजा घाट पहाडी समुदायका बतालुहरुले बुक गरिसकेको समेत जानकारी दिए ।

 सुर्य देवताको  उपसना गरी मनाइने यो पर्व केही वर्ष यता देखि तराईका जिल्लाहरुमा विशेष पर्वको रुपमा मनाउन थालीएको छ । सुरुका वर्षहरुमा मैथली समुदायका मानिसहरुले मात्र मनाउने गरेका थिए भने पछिल्ला वर्षहरुमा पहाडी समुदायका मानिसहरुले समेत व्रत बस्ने गरेका छन ।  उदाउदो सुर्य र अस्ताउदो सुर्यको विशेष उपसना सहित अर्घ दिएर गरीने पुजाको विशेष महत्व रहने गरेको छ । छठको व्रत पारिवारिक सुखशान्ति र चिर्ताएको पुरा हुने हुँदा आफुले पनि तीन वर्ष देखि वर्त वस्न थालेको इटहरीकी रेजिना खतिवडा वताउछिन ।

 कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखिएर शाहाकारी भोजन गरी व्रत प्रारम्भ गर्दछ । दोस्रो दिनलाई खरना भनिन्छ यो दिन गोवरले लिपपोत गरी व्रतालुले गोप्य रुपमा पुजा गर्ने गर्दछन । व्रतालु पुजामा व्यस्त रहेको समयमा आफन्त तथा श्रदालुहरु वाहिर पर्खि वस्दछन । पुजापछि व्रतालु आफुले प्रसाद ग्रहण गरी अरुलाई प्रसाद वाड्ने गरिन्छ ।

तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ दिने र चौथो दिन अर्थात समापनको दिन विहान उदाउदो सुर्यलाई विधिवत रुपमा अर्घ दिएर छठ मनाउने परम्परा रहेको छ । यसै विच सुनसरीको इटहरी उपमहानगरपालिका तथा मोरगंको सुन्दरहरैचा नगरपालिकाको संगमस्थल वुढी खोला किनारामा मनाइने छठ पर्वका लागि शोभा यात्रा निकालिएको छ । शोभा यात्रा राधाकृष्ण मन्दिर बाट बुढीखोलामा पुगेर समापन भएको थियो ।

शोभा यात्रामा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल ,उपप्रमुख संगिता चौधरी , निवर्तमान नगरप्रमुख द्धारिकलाल चौधरी  लगायतको सहभागिता रहेको थियो । छठ विशेष गरी नदी , खोला तथा जलाशयहरुको किनारमा पुजा स्थल वनाएर सुर्य देवताको उपसना सहित अर्घ दिने गरिन्छ । 

छठ पुजाका लागि दशै समाप्त भए लगतै देखि स्थान छनौट गर्ने देखि कार्य देखि सुरु हुने गरेको छ । छठपर्व हरेक वर्ष भाइटिका सकिएको एक दिनपछि विधिवत रुपमा सुरु हुन्छ ।  यस वर्षका लागि  यही कार्तिक १३ गते अस्ताउदो सुर्य र १४ गते उदाउदो सुर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ समापन गरिन्छ । 

Comments

सम्बन्धित खवर