•  १६ बैशाख २०८१, आईतवार
  •  4:58:50 AM

दिपावलीकाे ५ दिन भित्र इटहरीमा ६ वटा दुर्घटना : ४ जनाकाे मृत्यु , प्रदेश एकमा १७ जनाकाे मृत्यु

- कार्तिक १३, २०७९ मा प्रकाशित


इटहरी । दिपावलीकाे पाचदिन भित्र प्रदेश एकका बिभिन्न जिललाहरूमा सवारी दुर्घटना हुदा १७ जनाले ज्यान गुमाएका छन भने १७ जना गम्भिर र १ सय ६३ जना सामान्य घाइते भएका छन ।  

 १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरका अनुसार दिपावलीकाे ५ दिन भित्र प्रदेशमा १९ वटा सवारी साधन दुर्घटना भएकाे र साेहि दुर्घटनामा १७ जनाकाे मृत्यु १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएका हुन । 

कार्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटिकाको दिन सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । भाइटिकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

तिहार सुरु भएको पहिलो दिन काग तिहार कार्तिक ६ गते १८ वटा दुर्घटना भएकाे र   उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएकाे एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।  

 कार्तिक ७ गते १५ वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको  थियो ।  कार्तिक ८ गते १३ वटा दुर्घटनामा परी २ जनाको, कार्तिक ९ गते १३ वटा दुर्घटनामा परी २ जनाको र कार्तिक ११ गते १७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार सुनसरीको इटहरी–१० मा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

 तिहारमा सबैभन्दा बढी दुई पाङग्रे सवारी साधन बढी दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनाको कारण तिब्रगतीमा सवारी चलाउने र मादकपदार्थ सेवन रहेको प्रहरीको भनाई छ ।

Comments

सम्बन्धित खवर