•  १६ बैशाख २०८१, आईतवार
  •  3:04:09 AM

पूर्वकाे इटहरीमा पहिलाे पटक ‘महापुरूष’काे प्रिमियर शाे हुदै

- कार्तिक ८, २०७९ मा प्रकाशित


इटहरी । प्राय जसाे राजधानी वा उपत्यकामा मात्रै हुने प्रिमियर शाे याे पटक पूर्वकाे इटहरीमा हुनेभएकाे छ । पुर्वमा पहिलो पटक प्रतिक्षित चलचित्र ‘महापुरुष’को प्रिमियर शो इटहरीमा हुने भएको हाे ।

यही कार्तिक ११ गते भाईटिकाको भोलीपल्ट देशभर एकैसाथ प्रदर्शनकाे तयारीमा रहेको ‘महापुरुष’ को प्रिमियर कार्तिक ९ गते इटहरीस्थित इलाइट सिनेमा हलमा हुने भएकाे हाे । फिल्मको भविष्य बोल्ने प्रिमियर रिलिज को ५ दिन अघी नै अर्थात कार्तिक ६ गते काठमाण्डौ प्रिमियर सकेर निर्माण टिमले मोफसलमा पनि प्रिमियर गर्ने जनाएकाे छ ।

प्रदेश नम्बर १ का मुख्य शहरहरु बिर्तामोड , दमक , धरान, बिराटनगर र इटहरी लाई केन्द्र मानेर इटहरी स्थित ईलाइट सिनेमामा प्रिमियर हुन लागेको स्थानिय संयोजक चलचित्र पत्रकार संघ नेपाल सुनसरीले जनाएकोछ ।

बिहान ११ बजेका लागी प्रिमियर शो को समय तोकेको छ । प्रिमियरमा ‘महापुरुष’ का लेखक तथा निर्देशक प्रदीप भट्टराई , निर्माता तथा कलाकार रबिन्द्र सिंह बानिया तथा कलाकार अरुण क्षेत्री र अन्जना बराईलिको उपस्थित रहनेछ ।

प्रदेश एक का पत्रकारहरुको लागी बिशेष तार्गेट गरेर प्रिमियर गर्न लागे पनि प्रिमियरमा बिभिन्न चलचित्रकर्मी , स्थानिय , समाजसेवी , व्यबसायी, शिक्षा क्षेत्रका व्यक्तीहरुको समेत उपस्थिती रहने निर्माता रबिन्द्र सिंह बानियाले जानकारी दिनुभयो । इटहरी अघी कार्तिक ८ गते चितवनमा पनि प्रिमियर शो हुने बानियाले बताउनु भयो ।

Comments

सम्बन्धित खवर