•  १७ बैशाख २०८१, सोमबार
  •  2:26:53 AM

मेयर हर्क साम्पाङकाे १०० दिने कार्य बिवरण : बगरमा बत्ति बाल्ने देखि ६ लाख बिरूवा राेप्न सफल सम्म

- भाद्र २, २०७९ मा प्रकाशित


काठमाडौँ । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषधविरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।
यस्ता छन् साम्पाङले सार्वजनिक गरेको कार्य विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे ।
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए ।
४. ६ लाख विरुवा रोपे ।
५. सरसफाइमा देखिने सुधार ल्याएँ ।
६. प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ ।
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन ।
९. लागु औषध विरुद्धको अभियान शुरु गरें ।
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ ।
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

Comments

सम्बन्धित खवर