•  १७ बैशाख २०८१, सोमबार
  •  12:13:22 AM

हामी हिजोको जस्तो क्रान्तिकारी छैनौं, आत्मकेन्द्रित र स्वार्थी भएर बिग्रियौं : प्रचण्ड

- भाद्र २, २०७९ मा प्रकाशित


काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु हिजोको जस्तो क्रान्तिकारी नरहेको स्वीकारेका छन् । अध्यक्ष प्रचण्डले आत्मकेन्द्रित र स्वार्थी हुँदा आफूरु ब्रिग्रिएको स्वीकारेका छन् ।

जनयुद्धका शहीद रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामी अलिकति बिग्रिएका छौं । हिजोको जस्ता क्रान्तिकारी छैनौं । ब्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थी भएका छौं,’ प्रचण्डले भने, ‘हामीले प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर भन्दा पनि आफैंतिर कसरी बलियो बन्ने भन्नेतिर लागेका छौं ।’

उनले देशमा भएका राजनीतिक पार्टीमध्ये माओवादीले मात्र विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेका छन् । उनले स्वार्थ समूह बनाउनतिर उद्दत हुन थालेको टिप्पणी गरेका छन् । ‘स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं । यसले क्रान्तिकारी विचारमा स्खलन आएको छ’, प्रचण्डले भने ।

क्रान्तिकारी पार्टी बनाउने संश्लेषण गरेको भए पनि ब्यवहार र दैनिकी नमिलिरहेको उनले बताएका छन् । ‘क्रान्तिकारी पार्टी बनाउने संश्लेषण त गरेका छौं, कुरा गर्दा मुखमा त क्रान्तिकारी नै छौं तर ब्यवहार र दैनिक मिल्दैन । भनाई र गराईमा ठूलो अन्तर आइसकेको महसुुस हुन्छ’, प्रचण्डले भने ।

Comments

सम्बन्धित खवर