वेस्ट इन्डिजविरुद्ध भारतकाे सहज जित
- माघ २४, २०७८ मा प्रकाशित
काठमाडौं: भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।
अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ ।
१७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए । सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै १७६ रनमा समेटियो ।
वेस्ट इन्डिजका जासन होल्डरले सर्बाधिक ५७ रन बनाए । फाबियन एलनले २९ र निकोलस पुरन तथा ब्राभोले १८-१८ रनको योगदान गरे ।
भारतका युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए । दोस्रो एकदिवसीय आज बुधबार हुनेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments