•  १५ चैत्र २०८०, बिहीबार
  •  7:15:00 PM

वेस्ट इन्डिजविरुद्ध भारतकाे सहज जित

- माघ २४, २०७८ मा प्रकाशित


काठमाडौं: भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।

अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । 

१७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए ।  सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे । 

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै  १७६ रनमा समेटियो ।

वेस्ट इन्डिजका जासन होल्डरले  सर्बाधिक ५७ रन बनाए । फाबियन एलनले २९ र  निकोलस पुरन तथा ब्राभोले १८-१८ रनको योगदान गरे । 

भारतका युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए । दोस्रो एकदिवसीय आज बुधबार हुनेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर