जीप दुर्घटनामा : पाँचको मृत्यु, १० जना घाइते
- जेष्ठ ११, २०८० मा प्रकाशित
रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा आज (बिहीबार) बिहान भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
आज बिहान ७ बजे बाँफीकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको छ । गम्भीर पाँच जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments