•  ७ जेष्ठ २०८१, सोमबार
  •  3:18:34 PM

जीप दुर्घटनामा : पाँचको मृत्यु, १० जना घाइते

- जेष्ठ ११, २०८० मा प्रकाशित


रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा आज (बिहीबार) बिहान भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

आज बिहान ७ बजे बाँफीकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको छ । गम्भीर पाँच जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन् ।

Comments

सम्बन्धित खवर