बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज : दुई हजार पाहुना सहभागी हुँदै
- बैशाख २३, २०८० मा प्रकाशित
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयले आज (शनिबार) राज्याभिषेक तथा राजमुकुट पहिरिने कार्यक्रम छ । लण्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ ।
समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइनेछ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।
बकिङ्घम दरबारबाट सवारी यात्रा सुरु हुनेछ । झण्डै दुई घण्टाको समारोह विभिन्न चरणमा हुनेछ । समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने कार्यक्रम छ । राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएको सेप्टेम्बरमा निधन भएपछि उनका छोरा ७३ वर्षका चार्ल्सले राज्यारोहण गरेका थिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments