•  १६ चैत्र २०८०, शुक्रबार
  •  4:50:10 PM

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज : दुई हजार पाहुना सहभागी हुँदै

- बैशाख २३, २०८० मा प्रकाशित


काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयले आज (शनिबार) राज्याभिषेक तथा राजमुकुट पहिरिने कार्यक्रम छ । लण्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ ।

समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइनेछ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

बकिङ्घम दरबारबाट सवारी यात्रा सुरु हुनेछ । झण्डै दुई घण्टाको समारोह विभिन्न चरणमा हुनेछ । समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने कार्यक्रम छ । राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएको सेप्टेम्बरमा निधन भएपछि उनका छोरा ७३ वर्षका चार्ल्सले राज्यारोहण गरेका थिए ।

Comments

सम्बन्धित खवर