विराट गोल्डकप : फाइनलमा पुग्याे विराटनगर सिटी
- चैत्र १४, २०७९ मा प्रकाशित
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो ।खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद रु ११ हजार प्रदान गरिएको छ ।
विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतका कारण विजयी हासिल गर्न सफल भएको विचार राखे । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नु परेको बताए ।गोल्डकपको आज हुने अन्तिम सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपिएफबीच प्रतिस्पर्धा हुने छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments