‘कोशी’ को विरोध गर्नेहरूलाई वार्तामा ल्याएर टुंग्याउनुपर्छ : इन्द्र आङ्बो
- चैत्र १०, २०७९ मा प्रकाशित
बिराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।
माओवादी केन्द्र संसदीय दलको आज सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए । संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने नरहेको उनले बताए। भने,‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन सक्छ ।
संविधान जलाएका शक्तिहरू पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरू उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण उठाउन आन्दोलनकारीलाई आग्रहसमेत गरेका छन् ।आन्दोलनरत पक्ष सँग छलफल गरेर बढ्न सरकारसँग आग्रह समेत गरेका छन् । यसअघि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नामबारे छलफल समेत हुन नसक्ने चर्को अभिव्यक्ति दिएपछि आन्दोलन तातिएको थियो ।
आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको निधन प्रति दुख व्यत्तः गर्दै आङ्बोले उनलाई सहिद घोषणा गरी परिवारलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बुको गए राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
उनले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने समेत बताएका छन् । नयाँ सरकार बनाउन अन्य सत्ता गठबन्धनका दलहरू लागि परी रहेका बेला आङवोले भने तत्काल हिकमत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments