रथ यात्रा सहित शिक्षाविद् लेखनाथ घिमिरेलाई इटहरीमा गरियाे भव्य नागरिक अभिनन्दन
- माघ २७, २०७९ मा प्रकाशित
इटहरी । लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलाई शुक्रबार नागरिक अभिनन्दन गरिएकाे छ ।
लेखनाथ घिमिरे नागरिक अभिनन्दन मुल समारोह समीतिले बिशेष कार्यक्रमकाे आयाेजना गरि सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय याेग्दान पुर्याएकाे भन्दै सम्मानस्वरूप रथाराेहण सहित उनलाई नागरिक अभिनन्दन गरिएकाे हाे ।
७७ वर्ष पुगेकाे उनकाे जन्मदिनकै अवसर पारेर रथ यात्रा सहित नागरिक अभिनन्दन गरिएकाे समीतिका संयाेजक अनिल पाैडेलले बताए । घिमिरेलाइ उनकै उचाइ बराबरकाे ताम्र पत्रले अभिनन्दन गरिएकाे हाे ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले घिमिरेलाइ अभिनन्दन गरेका हुन । लेखनाथ घिमिरेलाइ इटहरी स्थित निज निवासबाट रथमा चढाएर नगर परिक्रमा गराइ कार्यक्रम स्थलसम्म पुर्याएर अभिनन्दन गरिएकाे थियाे । कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतको विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ पनि सार्वजनिक गरिएको छ । उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरेबारे लेख लेखेका छन् । पुस्तक ५४२ पृष्ठको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments