बिराटनगरकाे अस्पतालबाट भागेका कैदी डेढ महिनापछि पक्राउ
- मंसिर ३, २०७९ मा प्रकाशित
सुन्दरहरैंचा । विराटनगरको अस्पतालबाट भागेका एक कैदी डेढ महिना पछि पक्राउ परेका छन् । विराटनगरको क्षयरोग उपचार केन्द्रबाट भागेका दुई मध्ये १ जना कैदी झापाको झापा गाउँपालिका–५ शरणामतिबाट पक्राउ परेका हुन् ।
उपचारका लागि विराटनगर महानगरपालिका–७ मा रहेको क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएका झापा–५ का २८ वर्षीय राजकुमार हेमरम गत असोज १५ गते फरार बनेका थिए । क्षयरोग उपचार केन्द्रबाट फरार हेमरम पक्राउ परेका हुन् ।
गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । जबरजस्ती करणी मुद्दामा अदालतले हेमरनलाई १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि विराटनगरस्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २०७५ सालमा दोषी ठहर गर्दै कैदको फैसला सुनाएको थियो । हेमरम क्षयरोगका बिरामी थिए ।
लागुऔषध मुद्दा विचाराधीन रहेका झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ पनि हेमरमसँगै भागेका थिए । लागूऔषध मुद्दामा अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेका गुरुङलाई उपचारका लागि हेमरमसँगै क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो । प्रहरीले गुरुङको खोजी तीव्र पारिएको जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments