इटहरीकाे सुस्मा कलेजमा नयाँ बिद्यार्थीलाई स्वागत संगै अभिमुखीकरण कार्यक्रम
- भाद्र २, २०७९ मा प्रकाशित
इटहरी । नयाँ विद्यार्थीहरुका लागि सुषमा गोदावरी कलेज इटहरीमा अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सम्पन्न गरिएको छ । विभिन्न विषयमा कक्षा ११ को भर्ना कार्यक्रम सञ्चालन भईरहेको समयमा सुषमा गोदावरी कलेजले विद्यार्थी लक्षित अभिमुखीकरण तथा स्वागत साथै पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
त्यसै गरी कार्यक्रममा कलेजमा पठनपाठन हुने विषयमा विद्यार्थीहरुलाई सहजिकरण गरिएको थियो । कलेजका प्राचार्य बोधराज नेपालको सभापतित्वमा भएको कार्यक्रममा तीन जना जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ती १० जना विद्यार्थीलाई ढलकबहादुर पन्त स्मृति पुरस्कार बाट १० जना ,टिकटक प्रतियोगिताका १० जना विद्यार्थी र १२ जना विद्यार्थीलाई उत्कृट विद्यार्थीहरु लाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
सम्मानीत तथा पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका अतिथी पिस फाउण्डेशन प्रा लि का अध्यक्ष राजेश श्रेष्ठले पुरस्कार , प्रमाण पत्र वितरण गरेका थिए ।कार्यक्रममा कलेजका भाइस प्रिन्सीपल इन्द्रकमल श्रेष्ठ, सुकदेव घिमीरे ,ज्ञानु दाहाल लगायतकाको सहभागिता रहेको थियो ।
सुषमा गोदावरी कलेजमा होटल मेनेजमेन्ट , साइन्स , मेनेजमेट , बीएससी सीएसआइटी लगायनका विषयहरु पढाई हुने गरेको छ । इटहरी क्षेत्रमा सञ्चालनमा रहेको पुरानो कलेज मध्येमा पर्ने सुषमा गोदावरी कलेजमा १४ सय बढी विद्यार्थीहरु विभिन्न विषय र तहमा अध्ययन गरिरहेका छन ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments