मेची सहकारिकाे २६ औँ वार्षिक उत्सवमा पत्रकारलाइ अभिमुखिकरण : सहकारीकाे नाफा ११ कराेड नाघ्याे :
- श्रावण २८, २०७९ मा प्रकाशित
दमक । आर्थिक तरलताका कारण कतिपय सहकारी संस्थाहरु धरायसी वनी रहेको समयमा झापाको दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाले ११ करोड बढी नाफा गरेको जनाएको छ ।
मेची बहुद्धेशीय सहकारी संस्थाले पत्रकारहरुसंगको अभिमुखिकरण कार्यक्रममा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६८लाख ४२हजार ६सय ७९ रुपैया कर्जा लगानी गरी ११ करोड ९८लाख २९ हजार ३सय ८८ रुपैया नाफा गरेको जनाइएको हो ।
संस्थाले आफनो २६ औँ वार्षिक उत्सव तथा २८ औँ साधारण सभाकोको अवसर पारेर आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरियो । सोही अवसरमा श्रावण २८ देखी भाद्र ६ गतेसम्म संस्थाका विभीन्न १२ वटा साखामा साधारणसभाका कार्यक्रमहरु क्रमश सञ्चालन गरिने समेत जानकारी गराइयो ।
मोरङको सुन्दरहरैचा र सुनसरीको इटहरीमा साखा विस्तार गर्ने संस्थाको योजना रहेको छ ।साथै संस्थाले आफना सेयर सदस्यले खरीद गर्न पाउने गरी ५७ वटा संरचनाको मेची आवास निर्माण गरिरहेको र अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिएका छन ।
सहकारी संस्थाले आन्तरीक पर्यटन प्रवर्धनका लागी कार्ययोजना बनाएर काम गर्ने योजना रहेको समेत जनाइए छ । २९ जना सेयर सदस्यहरुका २०५४सालमा तत्कालीन जिल्ला सहकारी कार्यालय झापामा दर्ता भएको मेची बहुउद्धेशीय सहकारी संस्थामा हाल कुल १३ हजार ३ सय १८ सदस्य पुगेका छन ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments