•  ४ बैशाख २०८१, मंगलवार
  •  6:23:10 PM

मेची सहकारिकाे २६ औँ वार्षिक उत्सवमा पत्रकारलाइ अभिमुखिकरण : सहकारीकाे नाफा ११ कराेड नाघ्याे :

- श्रावण २८, २०७९ मा प्रकाशित


दमक । आर्थिक तरलताका कारण कतिपय सहकारी संस्थाहरु धरायसी वनी रहेको समयमा झापाको दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाले ११  करोड बढी नाफा गरेको जनाएको छ ।

  मेची बहुद्धेशीय सहकारी संस्थाले पत्रकारहरुसंगको अभिमुखिकरण कार्यक्रममा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६८लाख ४२हजार ६सय ७९ रुपैया कर्जा लगानी गरी ११ करोड ९८लाख २९ हजार ३सय ८८ रुपैया नाफा गरेको जनाइएको हो ।

  संस्थाले आफनो २६ औँ वार्षिक उत्सव तथा २८ औँ साधारण सभाकोको अवसर पारेर आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रतिवेदन  सार्वजनिक गरियो । सोही अवसरमा श्रावण २८ देखी भाद्र ६ गतेसम्म संस्थाका विभीन्न १२ वटा साखामा साधारणसभाका कार्यक्रमहरु क्रमश सञ्चालन गरिने समेत जानकारी गराइयो ।

मोरङको सुन्दरहरैचा र सुनसरीको इटहरीमा साखा विस्तार गर्ने संस्थाको योजना रहेको छ ।साथै  संस्थाले आफना  सेयर सदस्यले खरीद गर्न पाउने गरी ५७ वटा संरचनाको मेची आवास निर्माण गरिरहेको र  अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिएका छन  ।

सहकारी संस्थाले  आन्तरीक पर्यटन प्रवर्धनका लागी कार्ययोजना बनाएर काम गर्ने योजना रहेको समेत जनाइए छ । २९ जना सेयर सदस्यहरुका २०५४सालमा तत्कालीन जिल्ला सहकारी कार्यालय झापामा दर्ता भएको मेची बहुउद्धेशीय सहकारी संस्थामा हाल  कुल १३ हजार ३ सय १८ सदस्य पुगेका छन ।  

Comments

सम्बन्धित खवर