नेपाल बुद्धिजीवी परिषद्को नवौं सुनसरी जिल्ला अधिवेशन सम्पन्न
- फाल्गुन २८, २०७८ मा प्रकाशित
इटहरी । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को नवौं जिल्ला अधिवेशनले भुपेन्द्र न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शनिबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न अधिवेशनमा उपाध्यक्ष भेषराज घिमिरे, सचिव गिरीराज खतिवडा, सह–सचिव गोविन्द पुरी, कोषाध्यक्ष तारा फुयाँल सहित ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेकपा एमाले १ नं. प्रदेश इञ्चार्ज देवराज घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका वुद्धिजीवी शाखा कमिटीका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेकपा एमाले जिल्ला कमिटी सुनसरीको बुद्धिजीवी शाखा इञ्चार्ज हरिबहादुर कटुवालले सुनसरीका सबैजसो पालिकामा नेपाल बुद्धिजीवी परिषद्को पालिका कमिटी गठन गरिसकिएको र पार्टीका स्थानीय कमिटीमा पनि बुद्धिजीवीको छुट्टै शाखा कमिटी निर्माण गर्ने अभियान समेत सुरु गरिएको बताए । उद्घाटन सत्रका अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा इटहरी नगर उपप्रमुख लक्ष्मी गौतम, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद सर्वध्वज साँवा लगायत बुद्धिजीवीतर्फका पुराना नेताहरुको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments