प्रधानमन्त्रीद्वारा साहित्कार शर्माप्रति श्रद्धाञ्जली व्यक्त
- फाल्गुन ३, २०७८ मा प्रकाशित
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबर सुन्दा आफू दुःखी बनाएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ शर्माको मंगलबार विहान निधन भएको हो ।
इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो ।
शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए ।
शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित छन् ।
अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । शर्मा २०२६ सालमा मदन पुरस्कारबाट सम्मानित भएका थिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments