•  १६ बैशाख २०८१, आईतवार
  •  9:39:29 PM

देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

- जेष्ठ १३, २०८० मा प्रकाशित


काठमाडौँ । नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

आइतबार देशका कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित खवर