विजुलीको पोलमा ‘हुकिङ’ गर्न लगाउँदा करेन्ट लागेर विद्यार्थीको मृत्यु
- जेष्ठ १२, २०८० मा प्रकाशित
राजविराज । राजविराजस्थित सिब्स इन्टरनेसनल बोर्डिङ स्कुलको लापरबाहीका कारण शुक्रबार बिहान करेन्ट लागेर एक विद्यार्थीको ज्यान गएको छ ।
विद्यालय अगाडि रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताको क्रममा विद्युत्को पोलमा हुकिङ गर्ने क्रममा करेन्ट लागेर कक्षा १० मा अध्ययनरत पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
क्रिकेट प्रतियोगिता सुरु गर्ने क्रममा स्पिकर बजाउनका लागि विद्यार्थी पेशलानन्दलाई बिजुलीको पोलमा हुकिङ गर्न लगाएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि गजेन्द्र नारायण सिंह अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । विद्यालयका सञ्चालक नरेशप्रताप साहले लापरबाही स्वीकार गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments