भोजपुर साल्पासिलिछोको प्रजातन्त्र प्राविमा कुलुङ भाषामा पढाइ हुने
- जेष्ठ २, २०८० मा प्रकाशित
भोजपुर । भोजपुरको साल्पासिलिछो– ४ स्थित प्रजातन्त्र प्राथमिक विद्यालय, ओखरपानीमा कुलुङ भाषाको पाठ्यक्रम पढाइने हुने भएको छ ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले यसै शैक्षिक सत्रदेखि कुलुङ भाषाको पाठ्यक्रम पढाउने निर्णय गरेको हो । विद्यालयका शिक्षक रविन कुलुङ राईका अनुसार यहाँ ९९ दशमलब ९ प्रतिशतले कुलुङ भाषा बोल्ने भएकाले सोही भाषाको पाठ्यक्रम पढाउन लागिएको हो ।
उनका अनुसार यस वर्ष कक्षा एकदेखि तीनसम्म र आगामी वर्ष कक्षा चार र पाँचमा क्रमशः कुलुङ भाषाको पाठ्यक्रम लागु गरिनेछ । बालबालिकाले आफ्नै मातृभाषामा शिक्षा पाउनुपर्ने अधिकार सुनिश्चित गर्न कुलुङ भाषाको पाठ्यक्रम सुरु गर्न लागेको उनले बताए ।
विद्यार्थीले राम्रोसँग बुझ्ने गरी पढाउने उद्देश्यले मातृभाषामा शिक्षा दिइनुपर्छ भनेर कुलुङ भाषाको पाठ्यक्रम सुरु गर्न लागेको शिक्षक राईको भनाइ छ । उनले भने, ‘यसको मुख्य उद्देश्य पठनपाठन प्रभावकारी बनाउनु नै हो । सानैदेखि मातृभाषामा पढाउँदा विद्यार्थीमा भाषा र संस्कृतिप्रति अपनत्व महसुस हुन्छ । स्वपहिचान जोगाउने उद्देश्यले पनि कुलुङ भाषामा पाठ्यक्रम सुरु गर्न लागिएको हो ।’
अहिले कुलुङ भाषामा पढाउने शिक्षकको अभाव नभएको र यसलाई दीर्घकालसम्म लान कोष खडा गरेर शिक्षकको व्यवस्था गर्ने उनले बताए । शिक्षक राईले भने, ‘अहिले कुलुङ भाषामा पढाउने शिक्षकको अभाव छैन । तर, यसलाई जोगाउन सकिएन भने पछि शिक्षक नै नपाउने स्थिति पनि आउन सक्छ । त्यसैले कोष खडा गरेरै शिक्षकको व्यवस्था गर्ने योजना रहेको छ ।
कुलुङ भाषाको पाठयक्रम सोलुखुम्बु, संखुवासभा लगायतको जिल्लामा पढाइ हुँदै आएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments