प्रेमी, प्रहरी र साथीसहित १२ जनाको श्रृंखलाबद्ध हत्या आरोपमा एक महिला पक्राउ
- बैशाख १५, २०८० मा प्रकाशित
काठमाडौं । थाईल्याण्डको प्रहरीले श्रृंखलाबद्ध हत्याको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । सरारत रंगसिवुथापोर्न नाम गरेकी ती महिलालाई आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई विष दिएर मारेको अभियोगमा मंगलबार बैंककबाट पक्राउ गरिएको हो ।
पछिल्लो मृतकको पोष्टमार्टम रिपोर्टमा साइनाइड नाम गरेको विषको मात्रा भेटिएपछि श्रृखलाबद्ध हत्याको रहस्य खुलेको हो । यो महिनाको सुरुमा सरारतसँगै यात्रा गरेकी एक जना साथीको शव खोलाको किनारमा भेटिएको थियो । पोष्टमार्टम परीक्षणमा उनको शवमा साइनाइड विषको हानिकारक मात्रा भेटियो । सोधपुछ र छानबिनको क्रममा सरारतमाथि शंका लागेपछि प्रहरीले उनलाई पक्रेको हो ।
प्रहरीले उनीमाथि कम्तिमा १२ जनाको हत्या गरेको अभियोग लगाएको छ । सन् २०२० मा यो हत्याको श्रृंखला सुरु भएको बताइएको छ । मृतकहरुमा सरारतका एक जना पूर्व प्रेमी, दुई जना प्रहरी साथी, साझेदार तथा आफन्तहरु रहेका छन् । लुटपाट र आर्थिक लाभको कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments