हैटीमा अराजक गतिविधी गर्ने १३ जनालाई नागरिकको भिडले गर्यो ढुङ्गा हानेर हत्या
- बैशाख १३, २०८० मा प्रकाशित
हैटी । हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनालाई नागरिकको भिडले हत्या गरेको छ । राजधानी पोर्ट ओ–प्रिन्स नजिकै घटना भएको हो ।नागरिकले उनीहरु गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पेट्रोल छर्केर तथा ढुंगा हानेर हत्या गरेका बीबीसीले जनाएको छ ।
सन् २०२१ जुलाई ७ मा राष्ट्रपति जोभिनेल मोइजको हत्यापछि हैटीमा गुण्डा समूहको गतिविधि थप बढेको छ । गुण्डा समूह लुटपाट र हत्यामा सक्रिय हुने गरेका छन् ।
संयुक्त राष्ट्रसंघको सोमबार प्रकाशित एक प्रतिवेदनका अनुसार यसै महिना अप्रिल १४ देखि १९ सम्म मात्रै गुण्डा समूहले १८ महिला र दुई बालबालिकासहित ७० जनाको हत्या गरेका थिए । प्रतिवेदनका अनुसार राजधानीमा असुरक्षाको अवस्था युद्धरत देशहरू जस्तै स्तरमा पुगेको छ । विद्यालय र स्वास्थ्य केन्द्रहरू बन्द गर्नुपर्ने बाध्यता छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments