भेडेटारमा ३० कराेडकाे लगानी सहित ‘स्काई वाक’ बन्ने , यस्ताे छ तयारी
- फाल्गुन २६, २०७९ मा प्रकाशित
इटहरी । भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ ।
वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।
स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्नेछन् । सिसाको स्काइ वाकको तल भीर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् ।
भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ ।
परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताए । काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको स्काई वाक टावर र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले नै निर्माण गरिरहेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments