इटहरीमा १६ कराेडकाे तीनतले सुविधा सम्पन्न बसपार्क निर्माण हुने
- माघ १९, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा तीन तले बसपार्क निर्माण हुने भएको छ ।आधुनिक बसपार्क निर्माणका लागी सम्भौता समेत गरीएको छ । १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता गरीएको हो ।
इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले इटहरी बसपार्क निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहनेछ । बसपार्क निर्माण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बसपार्क ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिकाले जनाएको छ । इ
टहरीका मेयर पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारीसाधन गुड्ने हुनाले अरु शहरभन्दा सवारीसाधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments