•  १८ बैशाख २०८१, मंगलवार
  •  5:58:53 AM

सुनको मूल्य हालसम्मकै उच्च ,कती छ आजकाे बजार भाउ ?

- माघ १९, २०७९ मा प्रकाशित


इटहरी । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

बुधबार एक लाख ६ हजार ३ सय रुपैयाँमा छापावाल, एक लाख ५ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Comments

सम्बन्धित खवर