रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी
- माघ १७, २०७९ मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले मंगलबार काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) दान बहादुर कार्कीलाई भेटेर उजुरी दिएका हुन् ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।
पौडेलले अध्यागमन विभागमा पनि उजुरी दिएका छन् । लामिछानेले २०७० साल (सन् २०१४)मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता आफूखुसी चलाएका थिए ।
सर्वोच्चको फैसला अनुसार उनले फेरि नागरिकता लिए । तर, उनको पासपोर्ट सम्बन्धी विवाद टुङ्गो लागेको छैन । २०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट ‘विवादित’ छ । यद्यपि उनले सोमबार (माघ १५)मा सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरेका छन् ।
अमेरिकी नागरिक छँदै रविले लिएको भनिएको पासपोर्टबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकतासँगै राहदानीबारे पनि छानबिन गर्न मङ्सिर १५ मा जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । त्यसअघि नागरिकता र राहदानीबारे गृह मन्त्रालयमा उजुरी परेको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments