इटहरी – चतरा , बाटाे खतरा : खाल्डाेमा माेटरसाइकल फस्दा रामधुनीका रामप्रसादकाे मृत्यु
- आश्विन ९, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा सडकमा परेको खाण्डोमा परी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।आइतबार विहान इटहरी उपमहानगरपालिका–१७ संगम चोकस्थित कान्छी चोक चतरा सडक खण्डमा चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल खाल्डोमा परी दुर्घटना हुँदा सुनसरी–६ रामधुनीका ६० वर्षीय रामप्रसाद रेग्मीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा रामधुनी– ६ का ३९ वर्षीय सुमन रेग्मी सामान्य घाइते भएका छन् । मृतक रेग्मी मोटरसाइकल पछाडि सवार थिए । दुर्घटनमामा घाइते भएका दुवैलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाएको थियो ।उपचारका लागि ल्याउँदै गर्दा रामप्रसादको बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments